मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल | Khabarhub Khabarhub

मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय काठमाडौं निर्वाचनका तयारीमा जुटेको छ।

निर्वाचनलाई प्रभावकारी बनाउनका लागि कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्बन्धी सरोकारवालासंग सोमबार छलफल गरेको छ ।

कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।

माघ १५ सम्म कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, माघ १७ गतेस्म्म त्रुटि सच्चाउन सकिने, नाममा दावी विरोध गर्न सकिने लगाएतका कामको थालनी सूची बनाएर नै गरिएको उनले बताए ।

त्यस्तै मतदाता नामावली थप्ने हटाउने, जिल्लामा अद्यावधिक गरिएको डाटा आयोगमा पठाउने कार्य फाल्गुन दुई गते सम्म सकिने भट्टराईले बताए ।

त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले निर्वाचनको तयारी काठमाडौंको सवै स्थानीय तहमा प्रभावकारी रुपमा गर्ने बताए ।

सरकारले वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसंगै मुलुकका सवै जिल्लामा नामावली अध्यावधीक गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ९ : ४७ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक