ओलीले गरेको भ्रष्टाचारको विषय उठाउँदा संसद विघटन : नेता नेपाल (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीले गरेको भ्रष्टाचारको विषय उठाउँदा संसद विघटन : नेता नेपाल (भिडियोसहित)


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुसंग बहुमत केन्द्रीय सदस्य रहेकाले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गरेका छन् ।

सोमबार पेरिसडाँडामा प्रदेश २ का कार्यकर्ता भेलामा नेता नेपालले एकताका बेलामा दर्ता भएको विधानलाई आयोगले मान्यता दिँदा आफूहरुसँगै बहुमत रहने बताएका हुन ।

उनले  निर्वाचन आयोगले लेखेको पत्रमा ४४१ जनाको केन्द्रीय कमिटी र ४५ जनाको स्थायी कमिटीलाइ मान्यता दिन उल्लेख रहेको र उक्त संख्याको बहुमत आफूहरुसंग रहेको तर्क गर्नुभयो ।

नेता नेपालले सेटिङ गरेर नबस्न ओलीलाई चेतावनी दिँदै सूर्य चिन्ह पनि आफ्नो पक्षको हुने बताए । उनले भ्रष्टचारको मुद्दा उठाउँदा प्रधानमन्त्रीले संसद नै विघटन गरेको आरोप पनि लगााए ।

हेरौँ भिडियो

त्यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालले आफूलाई काम गर्न नदिएर संसद विघटन गरेको भन्नु तर्कसंगत नरहेको बताए । प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेको उनले आरोप लगाए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ७ : ५२ बजे

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६