कन्नड अभिनेत्री जयश्रीको शंकास्पद निधन | Khabarhub Khabarhub

कन्नड अभिनेत्री जयश्रीको शंकास्पद निधन


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २०२० बलिउडका लागि निकै खराब साबित भइसकेको छ । गत वर्ष फिल्म उद्योगका कैयौं चर्चित अनुहारहरुको निधन भयो ।

नयाँ वर्ष शुभारम्भ भएको २५ दिन बित्न नपाउँदै कन्नड फिल्म उद्योगबाट एउटा दुःखद आएको छ ।

कन्नड अभिनेत्री एवं ‘बिग बोस कन्नड’ प्रतियोगी जयश्री रमैयाको शंकास्पद निधन भएको छ । सोमबार उनको शवलाई बेंगलुरुको एक पुनर्वास केन्द्रमा भेटिएको छ । खबर अनुसार उनी लामो समयदेखि डिप्रेसनमा थिइन् ।

उनको निधनले कन्नड उद्योगमा शोकको लहर छाएको छ । उनले गत वर्ष सामाजिक सन्जालमा आफू डिप्रेसनमा रहेको र संसार छोड्न चाहेको लेखेपछि एकाएक चर्चामा आएकी थिइन् ।

‘म अलबिदा भन्दछु । गुड बाइ दुनियाँ र डिप्रेसन’ उनले लेखेकी थिइन् । उनको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । यद्यपि उनले केही समयपछि अर्को पोस्ट लेख्दै आफू पूर्ण रुपमा ठिक र सुरक्षित रहेको उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ४ : ५० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र