निर्वाचन आयोगले ओली नेतृत्वको पार्टीलाई आधिकारिक मान्यो: गृहमन्त्री बादल | Khabarhub Khabarhub

निर्वाचन आयोगले ओली नेतृत्वको पार्टीलाई आधिकारिक मान्यो: गृहमन्त्री बादल


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट – गृहमन्त्री रामबहादुर थापा (बादल) ले अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा चाँडो किनारा लगाए निर्धारित समयमा नै निर्वाचन गर्न सकिने बताएका छन् ।

कालीकोटमा आज (सोमबार) आयोजित कार्यक्रममा बोल्दै उनले अदालतले संसद विघटनको फैसला गर्न ढिलो गरे निर्वाचनको मिति केही ढिलो हुनसक्ने समेत बताए ।

साथै उनले केपी ओली समूहको नेतृत्वको पार्टीलाई नै निर्वाचन आयोगले आधिकारिक मानेको समेत दाबी गरे ।

‘निर्वाचन आयोगले हिजो निर्णय दिएको छ, केपी ओली नेतृत्वको पार्टी नै आधिकारिक हो, हामीले कसैलाई हटाएका छैनौं, पार्टी फुटाएका छैनौं,’ उनले भने ।

उनले अब सूर्य चिह्नको विवाद पनि नरहेको र सूर्य चिह्न केपी ओली नेतृत्वकै हुने जिकिर गरे । कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्नेहरु प्रतिगामी भएको तर्क गरे ।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चुनावमा सहभागी भएर मिलेर जाऊँ भनिसकेको पनि बताए ।

उनले कालीकोटमा विप्लवको बलियो प्रभाव रहेको भन्दै भने – यो जिल्लामा पनि विप्लवको प्रभाव छ, म आग्रह गर्छु, आउनुस्, बलियो कम्युनिस्ट पार्टीमार्फत तपाईंहरुका राजनीतिक माग पूरा गरौं ।

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ३ : ४७ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी