विवाह बन्धनमा बाँधिए वरुण–नताशा | Khabarhub Khabarhub

विवाह बन्धनमा बाँधिए वरुण–नताशा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– पछिल्लो केही दिनदेखि बलिउड अभिनेता वरुण धवन र उनको स्कुल जीवनदेखिकै प्रेमिका नताशा दलालबीचको विवाहको चर्चाले आइतबारबाट बिराम पाएको छ । यो जोडीले आइतबार विवाह गरेका छन् । उनीहरुले मुम्बई नजिकै रहेको अलीबागको मेन्सन हाउसमा विवाह गरेका हुन् ।

वरुणका फ्यानलाई वरुणको विवाहको तस्वीर हेर्न कौतुहलता जागिरहँदा अभिनेता आफैंले नताशासँगको एक तस्वीर सामाजिक सन्जालमा राखेका छन् ।

तस्वीरमा दुवैजनाले मण्डपमा सात फेरा लगाएको देख्न सकिन्छ । उनीहरुको वैवाहिक तस्वीर सामाजिक सन्जालमा भाइरल बनिरहेको छ । यो जोडीलाई दीपिका पादुकोण, नेहा धुपिया, मनीष पल, नुसरत भरूचा, अनुष्का शर्मा, अनिल कपूर, आयुष्मान खुराना, रणवीर सिंह, श्रद्धा कपूर, कपिल शर्मालगायतका कलाकारले बधाई दिएका छन् ।

उनीहरुको विवाहमा केही विशेष मान्छेलाई मात्र निमन्त्रणा गरिएको थियो । जसमा निर्माता तथा निर्देशक करण जोहर र फेसन डिजाइनर मनीष मल्होत्रा प्रमुख थिए । विवाहमा उनीहरु दुई बाहेक कोही पनि चर्चित स्टार देखिएनन् । उनीहरुले आयोजना गर्न लागेको रिसेप्सनमा बलिउडका ठूला स्टारको उपस्थिति हुने जनाइएको छ । उनीरुले आगामी फेब्रुअरी २ मा मुम्बईको एक पाँच तार होटलमा रिसेप्सन राखेका छन् ।

वरुण र नताशाको प्रेम निकै पुरानो प्रेम हो । वरुणले आफ्नो स्कुल समयदेखि नै नताशालाई मनपराएका थिए । पहिला उनीहरु साथी थिए, पछि मात्र डेटिङ शुरु गरे । एक अन्तरवार्तामा वरुणले नताशाले आफ्नो प्रेम प्रस्ताव तीन पटक अस्वीकार गरेको खुलासा गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १० : ३४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई