मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्ति मृत भेटिए | Khabarhub Khabarhub

मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्ति मृत भेटिए


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् ।

मेक्सिकोको कार्मागो शहर नजिकैको सडकमा दुई वटा गाडीमा मानव अवशेष भेट्टाएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुलाई गोली लागेको र त्यसपछि शरीरलाई जलाएर राखेको हुनसक्ने बताएको छ । घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरू अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ ।

उक्त क्षेत्र लागु औषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुनेगरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।

अभियोजनकर्ताहरूको कार्यालयले लासको परीक्षण चलिरहेको छ तर मृत शरीरको अवस्थाका कारण व्यक्तिको पहिचान जटिल भएको अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।

कर्मागो करीव १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको एउटा बजार क्षेत्र हो ।

न्यूभो लिओनका अधिकारीहरूले आफूहरूले अनुसन्धानका लागि तामाउलिपास अभियोजनकर्तालाई सहयोग गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ७ : २८ बजे

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको