इमरान खानले भने : देश चलाउने पैसा छैन | Khabarhub Khabarhub

इमरान खानले भने : देश चलाउने पैसा छैन


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउने पैसा नभएको बताएका छन् । इस्लामावादमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाकिस्तानको आर्थिक संकट बढेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री खानले देश सञ्चालन गर्न पैसा नभएकाले ऋण लिनुपरेको बताए । ऋणका कारण पाकिस्तानको आर्थिक विकासमा अवरोध भएकोसमेत उनको टिप्पणी छ । उनले भविष्यमा आवश्यक पर्ने वस्तु खरिदका लागि रकम अभाव भएको उनको भनाइ छ ।

प्रधानमन्त्री खानले पाकिस्तानमा कर संस्कृति नभएकाले पनि समस्या भएको बताएका छन् । उनले कर छलीका कारण देशको आन्तरिक आम्दानी नभएको भन्दै कर संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले उपनिवेश कालमा बाह्य राष्ट्रलाई कर नदिने बानी परेकाहरुले अहिले पनि कर नदिएको उनको भनाइ छ । उनले स्वतन्त्रापछि शासन गर्ने शासक वर्गले पनि कर संस्कृति विकास गर्न नसकेको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ३ : २५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर