अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गर्ने विदेशी नागरिक पक्राउ | Khabarhub Khabarhub

अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गर्ने विदेशी नागरिक पक्राउ


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ६ लेकसाइडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गर्नुका साथै बालकहरुको उद्धार गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ०० बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव