फुलकोर्ट बैठकमा न्यायाधीशहरु नजाने, राणालाई स्वीकार नगर्ने संकेत « Khabarhub

फुलकोर्ट बैठकमा न्यायाधीशहरु नजाने, राणालाई स्वीकार नगर्ने संकेत


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने भएका छन् । सोमबारका लागि राणाले फुलकोर्ट बैठक बोलाएका थिए ।

फुलकोर्टको बैठक बोलाइएपछि राणाबाहेकका सर्वोच्चका न्यायाधीशहरुको बैठक बसेको छ । सो बैठकले फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

सोमबारदेखि प्रधानन्यायाधीश राणाले तोकेको पेशीमा के गर्ने भन्ने विषयमा छलफल भएको छ । न्यायाधीशरुले राणापछिका दोस्रो वरीयतामा रहेका वरिष्ठतम न्यायाधीश दीपक कार्कीसँग सल्लाहा अगाडि बढ्ने निष्कर्षसमेत निकालेका छन् । सोमबारदेखि वरिष्ठतम न्यायाधीश कार्कीको च्याम्बरमा बस्नेसमे निष्कर्ष निकालिएको छ । न्यायाधीशरुले राणालाई अब स्वीकार नगर्ने संकेत गरेका छन् ।

खबरहबसँग कुराकानी गर्दै एक न्यायाधीशले भने, ‘नैतिकता गुमाइसकेका प्रधानन्याधीशको बैठकमा सहभागी भएर कुनै अर्थ छैन भन्ने अधिकांश न्यायाधीशहरुको तर्क छ।’

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग मागेपछि विवादमा तानिएका छन् । उनीमाथि राजीनामा दिन दबाब परेको छ ।

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : २९ बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित