फुलकोर्ट बैठकमा न्यायाधीशहरु नजाने, राणालाई स्वीकार नगर्ने संकेत | Khabarhub Khabarhub

फुलकोर्ट बैठकमा न्यायाधीशहरु नजाने, राणालाई स्वीकार नगर्ने संकेत


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने भएका छन् । सोमबारका लागि राणाले फुलकोर्ट बैठक बोलाएका थिए ।

फुलकोर्टको बैठक बोलाइएपछि राणाबाहेकका सर्वोच्चका न्यायाधीशहरुको बैठक बसेको छ । सो बैठकले फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

सोमबारदेखि प्रधानन्यायाधीश राणाले तोकेको पेशीमा के गर्ने भन्ने विषयमा छलफल भएको छ । न्यायाधीशरुले राणापछिका दोस्रो वरीयतामा रहेका वरिष्ठतम न्यायाधीश दीपक कार्कीसँग सल्लाहा अगाडि बढ्ने निष्कर्षसमेत निकालेका छन् । सोमबारदेखि वरिष्ठतम न्यायाधीश कार्कीको च्याम्बरमा बस्नेसमे निष्कर्ष निकालिएको छ । न्यायाधीशरुले राणालाई अब स्वीकार नगर्ने संकेत गरेका छन् ।

खबरहबसँग कुराकानी गर्दै एक न्यायाधीशले भने, ‘नैतिकता गुमाइसकेका प्रधानन्याधीशको बैठकमा सहभागी भएर कुनै अर्थ छैन भन्ने अधिकांश न्यायाधीशहरुको तर्क छ।’

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग मागेपछि विवादमा तानिएका छन् । उनीमाथि राजीनामा दिन दबाब परेको छ ।

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : २९ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको