दशैँमा घर जादै हुनुहुन्छ ? हेर्नुस् कहाँको भाडा कति (सूचीसहित) | Khabarhub Khabarhub

दशैँमा घर जादै हुनुहुन्छ ? हेर्नुस् कहाँको भाडा कति (सूचीसहित)


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले दशैँका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुलाएको छ ।

त्यस्तै उपत्यकाका विभिन्न स्थानमा अहिले हेल्प डेस्क स्थापनाको तयारी भइरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाइ लक्षित गरी बिहीवारदेखि नै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेको छ ।

महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढि भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्ने बताएको छ । हिजोबाट नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष शुरु भएको हो । आइतबारसम्म सातदोबाटो, कलंकी, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङ्गमा कक्ष राखी सञ्चालनमा ल्याईने जानकारी महाशाखाले दिएको छ ।

दशैँमा उपत्यका बाहिर जानेको संख्या २० लाखभन्दा बढी हुन्छ ।

यातायात व्यवस्था विभागले २०७८/०३/२९ को निर्णयानुसार सोही मितिदेखि लागु हुने गरी भाडा समायोजना गरिसकेको छ ।

विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहााडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

जसअनुसार छोटो मध्यम र लामो दूरीका अन्तर प्रदेश रुटहरूमा कायम भएको सार्वजनिक भाडादर यस्तो छ :

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ५५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन