कतारमा कुल जनसंख्याको ८० प्रतिशतले लगाए पहिलो डोज खोप | Khabarhub Khabarhub

कतारमा कुल जनसंख्याको ८० प्रतिशतले लगाए पहिलो डोज खोप


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकको प्रमुख गन्तव्य मध्येको एक कतारमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरैले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएका छन् ।

सबैभन्दा धेरै पहिलो डोज खोप वितरण गर्ने मुलुकमा कतार विश्वकै दोस्रो हो भने दुबै डोज खोप वितरण गर्ने पाँचौ देश बनेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्याको ८०.१ प्रतिशतले कम्तीमा पहिलो डोज खोप प्राप्त गरेका छन्  भने ६९.९ प्रतिशत मानिसले खोपको दुबै मात्र डोज प्राप्त गरिसकेको जनाएको छ ।

अहिलेसम्म ४२ लाख ६८ हजार २५५ डोज खोप वितरण गरिसकेको मन्त्रालयले जनाएको छ ।

खोप अभियान तीब्र पारिएसँगै यहाँ संक्रमण हुनेको संख्यामा पनि कमी आएको छ । कतारमा पछिल्लो २४ घण्टामा २८९ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३१ हजार १२६ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा २११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसंगै कोरोनाबाट निको हुनेको संख्या २ लाख २७ हजार ६५६ पुगेको छ । संक्रमणबाट अहिलेसम्म ६०१ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो एक महिनायता मृत्युदर शुन्य रहेको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा २ हजार ८ सय ६९ वटा ‘एक्टिभ’ केस रहेका रहेको मन्त्रालयले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाईसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : ४० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी