बझाङमा अविरल वर्षाले लघुजलविद्युत्‌को भवन बगायो | Khabarhub Khabarhub

बझाङमा अविरल वर्षाले लघुजलविद्युत्‌को भवन बगायो


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– मष्टा गाउँपालिका–५ द्वारीमा अविरल वर्षाका कारण आएको बाढीले लघुजलविद्युत्‌को भवन बगाएको छ । बाढीले द्वारीगाड लघुजलविद्युत् आयोजनाको भवन बगाएको हो ।

करिब रु एक करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको आयोजनाबाट द्वारीगाउँका करीब ५०० घरधुरीले विद्युत् बाल्ने गरेका थिए ।

लघुजलविद्युत्को भवन केही समय सञ्चालनमा आए पनि प्राविधिक समस्याका कारण बीचमा अवरुद्ध भएको र हाल निर्माण कार्य चलिरहेका बेला एकाएक परेको अविरल वर्षाले भवन नै आधा बगाएको स्थानीयवासी उब्जन बोहराले बताए ।

वर्षाले सोही दिन द्वारीगाडबाट द्वारीगाउँकै वारिपारि जोड्ने काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ । आवतजावतमा समस्या हुँदा शुक्रबार पुनः काठेपुल हाल्दा द्वारीगाडले बगाएर तीनजना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँका ४२ वर्षीय नरबहादुर बोहरा, ५५ वर्षीय वडाध्यक्ष कम्मान बोहरा र ६५ वर्षीय रिउल्या कठायत रहेका छन् ।

दुईजनाको अवस्था सामान्य भए पनि नरबहादुरको कम्मरमा गम्भीर चोट लागेकाले थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा सन्दीप ओखेडाले बताए । सोही दिन किनाडा गाउँका बासिन्दा गिरिस कठायतको खेत र घट्ट बगाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : १० बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि