‘हामी कहिलेसम्म जाग्राम बस्नुपर्ने हो सरकार ?’ | Khabarhub Khabarhub

‘हामी कहिलेसम्म जाग्राम बस्नुपर्ने हो सरकार ?’


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– अकासमा कालो बादल मडारिएको छ । नदीमा पानीको वहाब बढेको छ । नदी किनारको बाँधबाट मानिस ओहोर दोहोर गरिरहेका छन् । किनारमै भेटिएका एक वृद्ध मलिन अनुहारमा नदीको वितण्डा हेरिरहेका छन् । बाढीले पुर्‍याएको क्षतिले स्थानीय त्रसित छन् । मोवाइल बोक्ने किशोरकिशोरी भिडियो बनाउन व्यस्त छन् । यो दृश्य सबैला नगरपालिका ४ स्थित कमला खोलाको पर्टेबा बाँधको हो ।

खोलामा बिहीबार आएको बाढीले बाँधको पश्चिमतर्फ ९० प्रतिशत भत्किसकेको छ । यहाँका स्थानीय वर्षेनी यही समस्या भोग्दै आएका छन् ।

‘बाँध भत्किदाँ यहाँ हरेक वर्ष ठुलो क्षति हुन्छ । जनधन जोगाउनै मुश्किल हुन्छ,’ पर्टेबाका अजय कापरले विगतको पीडा सम्झिँदै भने, ‘कतिबेला गाउँमा पानी पस्छ, ठेगान छैन । पानीको भेलले बगाउने पीरले रातभर जाग्राम बस्नुपर्छ ।’

वर्षेनीको पीडा स्थानीयदेखि केन्द्रीय सरकारसम्मलाई सुनाउँदा पनि समस्या समाधानको कुनै पहल नभएको सर्वसाधारणको गुनासो छ । बालबालिका तथा अशक्त अवस्थाकालाई जोगाउन हैरान भएको भन्दै स्थानीयले एकै श्वरमा भन्छन्, ‘हाम्रो यो पीडा कहिले सम्बोधन हुन्छ ? हामी कहिलेसम्म जाग्राम बस्ने हो सरकार ?’

कीरतपुरका नागेन्द्र यादवको पीडा पनि उस्तै छ । वर्षेनी आफूले लगाएको खेती गुमाउनुपर्ने भन्दै उनी अहिलेसम्म ज्यानमात्र बचाउन सकेको बताउँछन् । वर्षभरको पसिना क्षणभर मै नष्ट हुँदा सारै पीडा हुने उनले सुनाए ।

‘सरकारको वेवास्ताले हरेक वर्ष यहाँको मानिसलाई पीडा खेप्नु परेको छ,’ उनले भने, ‘मनसुन अघि कुनै पनि सरोकारवालाको ध्यान यता आउँदैन । तर, जब बाढी आउँछ सबैले निरीक्षण गर्न थाल्छ । दीर्घकालीन पूर्वाधार निर्माणको आशामा छौँ ।’

क्षति वर्षेनी बढ्दै

बुधबार सबैला नगरपालिका १३ कीरतपुरस्थित करिव तीन सय मिटर बाँध भत्किएको थियो । त्यहाँ पानीको भेल बगर हुँदै धान खेत कटान गरिरहेको छ । बाँध भत्किनबाट जोगाउन नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास गरिरहेका छन् । प्लास्टिकको बोरामा माटो हालेर बाँध जोगाउने र पानीलाई खोलातर्फ डोर्‍याउने प्रयास भइरहेको छ ।
कुनै पनि ठाउँमा नियन्त्रण भएको छैन् ।

खोलामा १७ फिटसम्म पानी छ । खोलमा पानीको रफ्तार धेरै भएको कारण नियन्त्रणको प्रयास सफल नभएको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए । संघीय सरकारले उक्त कार्यालयलाई ५० लाखको परिधिभित्र रहेर काम गर्न निर्देशन दिइसकेको छ । तर, खोलामा पानी कम र वर्षा नरोकिए सम्म बाँध निर्माण हुन सक्दैनन् ।

अवैध उत्खननले भत्किए बाँध

आयोजना प्रमुख एकराज भट्टराईले अवैध रुपमा बालुवा, गिट्टी र ढुङ्गा उत्खननले बाँध भत्किएको बताएका छन् । बाँध नजिकबाट बालुवा, गिट्टीको गर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।

‘नदीको बहाव छेउछाउबाट माटो, गिट्टी निकालिएपछि बाँध भत्किएको छ । अवैध उत्खनन्ले नदीको धार नै परिवर्तन भएर पश्चिमतिर आएको छ,’ उनले भने, ‘सरकारले समयमा बजेट नदिँदा बाँधको मर्मत समभार गर्न सकेनौं । पटक पटक सरकारसंग बजेट माग गर्दा पनि वेवास्ता गर्‍यो ।’

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : २५ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका