गुरुप्रति आस्था प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा | Khabarhub Khabarhub

गुरुप्रति आस्था प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आषाढ शुक्ल पूर्णिमाको दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नास गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरु बताउँछन् ।

गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्नेगर्छन । यस दिन आफ्ना गुरुलाई खुसी पार्न गुरुलाई मनपर्ने कुरा दिने गरिन्छ ।

अन्धकारको नास गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणी नवलपरासीका स्वामी श्रीकृष्ण प्रपन्नाचार्य बताउँछन् ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिन्छ ।

राष्ट्रिय फोटोपत्रकार समूहद्धारा गुरुपूर्णिमाका अवसरमा आयोजित गरौं योग, रहौं निरोग मन र शरीरलाई शुद्ध गरौं भन्ने मुलनाराका साथ बौद्ध गुरु रानाग टुलकु रिन्छेन रिम्पोछेद्धारा वौद्ध स्थित सिदार्थ होटल फोटोपत्रकारहरुलाई योग सिकाउनु हुँदै । तस्वीर : रासस

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र