अपहरण आरोपमा इटहरीबाट तीन जना पक्राउ | Khabarhub Khabarhub

अपहरण आरोपमा इटहरीबाट तीन जना पक्राउ


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- एक युवकलाई अपहरणपछि बन्धक बनाएको आरोपमा इटहरीबाट तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय शिद्धार्थ राई रहेका छन् ।

इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई बन्धक बनाएर निर्घात कुटपिट गरेको उनीहरूलाई आरोप छ ।

इटहरी–८ फूलबारी टोलमा पुर्‍याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ । पक्राउ परेका तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको एसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १ : ५० बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको