राजको कम्पनीबाट अलग्गिइन शिल्पा | Khabarhub Khabarhub

राजको कम्पनीबाट अलग्गिइन शिल्पा


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्रा पोर्न फिल्मको कारोबार मामलामा प्रहरीले पक्राउ गरेपछि उनी हरेक अनुसन्धानभित्र मुछिदै आएका छन् । जुलाई २३ मा अदालतले राजको हिरासत अवधिलाई जुलाई २७ सम्म बढाएको छ । अहिले राजको अनुसन्धानमा शिल्पाको भूमिका के थियो भन्ने बारेमा पनि अध्ययन भइरहेको छ ।

शुक्रबार बेलुका मुम्बईको अपराध शाखाका अधिकारीहरुले शिल्पा र र राजको घरमा पुगेर करिब ६ घण्टा अनुसन्धान गरेको थियो । यो अनुसन्धानमा उनीहरुले घरको छानविन पनि गरेका थिए ।

शिल्पाले पतिका कारण विवादमा आउनुपरेपछि वियान इन्डष्ट्रिजको निर्देशक पदबाट राजीनामा दिएकी छन् । एडल्ट प्रोडक्सन र वितरणको सञ्चालन वियानबाट भइरहेपछि उनले यो पदबाट राजीनामा दिएकी हुन् । पछिल्लो समयमा प्रहरीको चासोको विषय पनि वियानप्रति थियो ।

प्रहरीले शिल्पाको बैंक खाताको पनि अनुसन्धान गर्दैछ । प्रहरीले यो कम्पनीमा शिल्पाले निर्देशकका रुपमा कति समय काम गरिन् भन्ने कुरा पनि अनुसन्धान गर्दैछ ।
राजको मामलाको अनुसन्धानमा अपराध शाखाका अधिकारीहरुले वियानको सिसीटीभी फुटेजको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १ : ३५ बजे

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा