पसिनाको दुर्गन्ध कसरी हटाउने ? | Khabarhub Khabarhub

पसिनाको दुर्गन्ध कसरी हटाउने ?


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुनत पसिना आउनु प्राकृतिक प्रक्रिया हो । तर गर्मीयाममा देखिने आम समस्या हो, पसिना र यसबाट आउने दुर्गन्ध । धेरैजसो व्यक्तिको शरीरबाट निस्किने पसिनाको दुर्गन्ध खपी नसक्नु हुन्छ । त्यस्ता व्यक्तिको निकटता बडा कष्टदायक हुने गर्छ ।

गर्मी याममा प्रायः सबैलाई पसिना निस्किन्छ । बढी शारीरिक श्रम गर्ने व्यक्तिलाई गर्मी याममा बढी पसिना निस्किन्छ । पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ । दुर्गन्धबाट बच्न शरीरको सफाइ आवश्यक छ । पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो, अम्ल र नुनसमेत बाहिर आउने गर्दछ ।

पसिना निस्केर सुकेपछि छालामा युरिया र नुन जस्तो तत्व रहिरहन्छ । यही तत्वले रोगाणुलाई आकषिर्त गरेर दुर्गन्धको कारण बन्ने गर्दछ । साथै छालाबाट तुरुन्त नहटेमा रोगको कारण पनि बन्न सक्छ । पसिनाको दुर्गन्ध समस्या भएकाले पेट सफा राख्नुको साथै हलुका खाना, प्रशस्त पानी पिउनुपर्छ । यस्तै दिनहुँ दुई पटक नुहाउनाले ब्याक्टेरियाको वृद्घलिाई घटाउन सकिन्छ । पसिनाको समस्या भएकाले नुहाउँदा डिटोल, युडी कोलोन, खस, गुलावजल जस्ता वस्तुको केही थोपा पानीमा हालेर नुहाउनु लाभदायक हुन्छ ।

यस अलावा दिनहुँ सफा गरिएको नयाँ लुगाको प्रयोगसँगै भित्री लुगा, मोजा लगायत अन्य लुगाफाटो हरेक दिन बदल्नाले समेत पसिनाको दुर्गन्धमा कमी आउँछ । खुट्टा, काखी, तिघ्राको कापलाई दिनहुँ सफा गर्दा दुर्गन्धमा कमी ल्याउन सकिन्छ । यस्तै गर्मीयाममा सुती कपडा प्रयोगले समेत फाइदा पुग्न सक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ११ : १० बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा