एनआरएनए बहराइनको अध्यक्षमा लक्ष्मी गिरी | Khabarhub Khabarhub

एनआरएनए बहराइनको अध्यक्षमा लक्ष्मी गिरी


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बहराइनको अध्यक्षमा पुन: लक्ष्मी गिरी निर्वाचित भएकी छन् ।

शुक्रबार सम्पन्न भएको परिषद्को अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी सुभास केसीलाई पराजित गर्दै  गिरीको अध्यक्षतामा फेरि नयाँ कार्यसमिति चयन भएको हो ।

वरिष्ठ उपाध्यक्षमा अमर श्रेष्ठ, प्रथम उपाध्यक्षमा तीर्थ बहादुर भण्डारी, द्धितीय उपाध्यक्षमा युबराज प्याकुरेल, महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ, महासचिवमा राजु कुमार श्रेष्ठ, सचिवमा बीरेन्द्र बुढाथोकी, सहसचिवमा कृष्ण प्रसाद गैरे निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा भावना आचार्य पन्त, सहकोषाध्यक्षमा दिप बिक्रम राना, महिला संयोजकमा संगीता खत्री, युवासंयोजकमा सन्त कुमार न्यौपाने चयन भएको निर्बाचन समितिका प्रमुख राजकुमार बस्नेतले जानकारी दिए ।

निर्बाचन प्रमुख बस्नेतका अनुसार परिषद्को सदस्यहरुमा तीलक बहादुर कार्की, दीपक बहादुर दर्जी, सुशीला खत्री, रुद्रमणी उप्रेती, मिना तामाङ फलाम सिंह लामा र सूर्य भण्डारी रहेका छन् ।  त्यस्तै आई सी.सी सदस्यमा दिनेश बहादुर बस्नेत निर्विरोध निर्वाचित भएको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : ४० बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई