विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड ३ लाख | Khabarhub Khabarhub

विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड ३ लाख


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु चार अर्व १० करोड तीन लाख ३८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

उपप्रमुख इन्दिरा कार्कीले आज बजेट प्रस्तुत गर्दै कार्यालय सञ्चालन तथा प्राशासनिक खर्चतर्फ रु ४६ करोड ७० लाख ५२ हजार तथा पूँजीगततर्फ रु तीन अर्ब ५८ करोड ३२ लाख ८५ हजार १५ र वित्तीय व्यवस्थातर्फ रु पाँच करोड खर्च हुने अनुमान प्रस्तुत गरे ।

महानगरपालिकाको कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत छ ।

पूँजीगत खर्चमध्ये पूर्बाधार विकास क्षेत्रमा रु दुई अर्व चार करोड ३९ लाख ३४ हजार ४८, आर्थिक विकास क्षेत्रमा रु १७ करोड ८९ लाख, सामाजिक विकास क्षेत्रमा रु १ अर्व २६ करोड ६९ लाख , सुशासन तथा अन्तर सम्वन्धित (वन वातावरण तथा विपद व्यवस्थापन समेत) क्षेत्रमा रु नौ करोड ३७ लाख खर्च हुने अनुमान गरिएको छ ।

महानगरपालिकाले आगामी आवमा ‘हामी सबैको रहर शिक्षित , सफा, सुन्दर, सुन्दर , सुरक्षित र सक्षम विराटनगर’ नाराका साथ विराटनगरको शहीद रंगशालालाई सुबिधासम्पन्न निर्माण गरी अन्तरराष्ट्रिय स्तरको खेलकूद गतिबिधि सञ्चालन गर्ने,हाटखोला मैदानमा खेलकुद एकेडमीको विकास गर्ने नीति तथा कार्यक्रमममा उल्लेख छ।

यसैगरी कोभीड–१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि ठोस कार्यक्रम कार्यान्वयन गर्ने,गर्भवती र जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने,राष्ट्रिय खोप अभियानलाई वडास्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने, वडा नं १५ र १९ मा १५ श्ययाको अस्पताल निर्माण गरी सञ्चालन गर्ने लगायतका कार्यक्रम छन् । महानगर प्रमुख भीम पराजुलीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ०१ बजे

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना