९४३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

९४३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४३ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७३६ कोरोना संक्रमितको आईसीयूमा र २०७ को भेन्टिलेटरमा गरी कुल ९४३ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४५ जना आईसीयूमा र ४५ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३० आईसीयूमा र १ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ४०५ जना आईसीयूमा र १२९ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ७७ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५१ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा, कर्णालीमा १७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १० : ३० बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन