यी अभिनेतासँग सनीको यस्तो दुश्मनी | Khabarhub Khabarhub

यी अभिनेतासँग सनीको यस्तो दुश्मनी


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता सनी देओलको फिल्म ‘घायल’ र आमिर खानको फिल्म ‘दिल’ रिलिजको ३१ वर्ष पुगेको छ । सन् १९९० मा रिलिज भएको यी दुवै फिल्म सुपरहिट भएका थिए । यद्यपि यो फिल्म रिलिजपछि सनी र आमिरबीच दुश्मनी बढ्यो ।

आमिर मात्र होइन, ‘एंग्री यङ मेन’का रुपमा चिनिने सनीको बलिउडका लोकप्रिय अभिनेतासँग पानी बाराबारको अवस्था छ । फिल्मी पर्दामा सनीको रिसलाई जोकोही दर्शकले देखेका छन् । वास्तविक जीवनमा पनि उनको रिस फिल्मको भन्दा कम छैन । यही रिसका कारण बलिउडका ठूला स्टारसँग उनले दुश्मनी मोल्न बाँकी राखेका छैनन् ।

आमिरसँग सनीको दुश्मनी ३१ वर्ष अघि दुवैको फिल्म ‘घायल’ र ‘दिल’ एकसाथ रिलिज हुँदादेखि नै सुरु भएको हो । आमिरले आफ्नो फिल्म रिलिज अघि सनीलाई उनको फिल्मको रिलिज मिति सारिदिन आग्रह गरेका थिए । तर सनीले आमिरको कुरालाई अस्वीकार गरे । यहीकारण त्यही समयदेखि दुवैको बोलचाल बन्द छ ।

अभिनेता अजय देवगन कमैमात्र झगडा गर्ने अभिनेताका रुपमा चिनिन्छन् । तर उनी अभिनेती सनीलाई धेरै घृणा गर्छन् । किनकी सनीसँग उनको झगडा परिसकेको छ ।

सन् २००३ मा ‘द लेजेण्ड अफ भगत सिंह’को सुटिङका समयमा अजय र सनीको झगडा भएको थियो । त्यही समयदेखि यी अभिनेताहरु एकअर्काबाट टाढिएका छन् ।

सनी अभिनेता शाहरुख खानको नाम नै सुन्न चाहदैनन् । फिल्म ‘डर’मा शाहरुखले भिलेनको भूमिका निभाएका थिए । फिल्ममा सनीको अपोजिटमा जुही चावला थिइन् । फिल्म रिलिज भएपछि जोकोहीले शाहरुखकै तारिफ गर्न थाले । त्यसको रिस सनीले आफ्नो लुगामा देखाए । यो फिल्मपछि सनी र शाहरुख कहिल्यै बोलेनन् ।

अभिनेता अक्षय कुमारसँगको सनीको सम्बन्ध उस्तै छ । दुवैले एक फिल्ममा सँगै काम गरे । तर दुवैको झगडाको कारक अभिनेत्री रवीना टण्डन बनिन् ।

जब सनी रवीनाका साथ एक फिल्ममा काम गरिरहेका थिए, त्यो बेला रवीनाले आफूलाई अक्षयले कसरी प्रेममा धोका दिए भन्ने कुरा सुनाएकी थिइन् । अक्षयले धोका दिएको कुरा रवीनाले रुँदै सनीलाई सुनाइरहँदा सनी यति रिसाएकी उनी अक्षयसँग झगडा गर्न पुगेका थिए ।

अभिनेता अनिल कपूरसँगको दुश्मनी थाहा पाउदा जोकोहीलाई फिल्मको कथा पढेजस्तै लाग्छ । फिल्म ‘जोशिले’को रिलिजको समयमा जब क्रेडिटमा सनी भन्दा अगाडि अनिलको नाम आयो, त्यो बेला सनी निकै दुःखी बनेका थिए ।

यो फिल्मपछि दुवैले ‘राम अवतार’मा काम गरे । यो फिल्मको एक दृश्यमा दुवैको सुट गर्नुपर्ने थियो । दृश्यमा सनीले अनिलको घाँटी थिच्नुपर्ने थियो । सनीले विगतका सबै घटनाक्रम सम्झेर अनिलको घाँती जोडले थिचे ।

यो घटनापछि अनिललाई श्वास लिन नै समस्या भयो । त्यसपछि अनिलले सनीसँग बोलचाल नै बन्द गरिदिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  २ : ५५ बजे

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन