डिभोर्सपछि एकल जीवन बिताइरहेका यी अभिनेत्रीहरु | Khabarhub Khabarhub

डिभोर्सपछि एकल जीवन बिताइरहेका यी अभिनेत्रीहरु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– भनिन्छ, एक सम्बन्धमा अटुट विश्वास र आपसी समझदारीको आवश्यकता पर्दछ । चाहे त्यो विवाह होस् अथवा प्रेम जोडीबीचको सम्बन्ध नै किन नहोस् ।

जिन्दगीको बाटोमा विवाहको गाडी चलाउनका लागि यी कुरा अति आवश्यक छन् । तर जब यी सबै कुरा सकिन्छन्, तब विवाहको गाडीले बाटो बिराउछ । यो कुरा फिल्मी दुनियाँमा पनि लागु हुन्छ । जहाँ कैयौं सेलिब्रेटीहरु पहिलो प्रेमसँग जीवन बिताइरहेका छन् त केही सेलिब्रेटीहरु पुनः प्रेममा परेका छन् । तर केही अभिनेत्रीहरु भने वैवाहिक सम्बन्ध टुंगिएपछि एकल जीवनमै रमाइरहेका छन् ।

प्रेम र विवाहको मामलामा करिश्मा कपुरको भाग्य खराब रह्यो । करिश्माको पहिलो प्रेम अभिषेक बच्चनसँग भयो । दुवैको इन्गेजमेन्ट पनि भएको थियो । तर केही कारणले उनीहरुको विवाह हुन पाएन ।

यसपछि सन् २००३ मा उनले व्यापारी सञ्जय कपुरसँग विवाह गरिन् । विवाहपछि उनीहरुको दुई सन्तान भए । वैवाहिक जीवनमा खुशी रहेका यो जोडीले सन् २०१४ मा अलग्गिने निर्णय लिए । अलग्गिनुअघि उनीहरुले एकापसमा निकै आरोप लगाए ।

अहिले करिश्मा एकल छिन् र दुई सन्तानको पालनपोषण गरिरहेकी छन् । सञ्जयले भने प्रिया सचदेवसँग विवाह गरेर जीवनलाई अगाडि बढाएका छन् ।

९० को दशकमा पर्दामा तहल्का मच्चाएकी अभिनेत्री अमृता सिंहले सैफ अली खानको जिन्दगीमा पनि तहल्का नै मच्चाइन् । एकअर्काको प्रेमपछि उनीहरुले सन् १९९१ मा विवाह गरे । सैफसँग विवाह गर्नु अघि अमृताले इस्लाम धर्म अंगालेकी थिइन् ।

सैफ अमृता भन्दा १२ वर्ष कान्छा थिए । विवाहको केही वर्षपछि उनीहरुको वैवाहिक जीवनमा तनाव सिर्जना भयो । विवाहको १३ वर्षपछि उनीहरु अलग्गिए । सैफको जीवनमा करीनाको प्रवेशपछि अमृतासँगको सम्बन्धमा खटपट आएको उनी निकटको बुझाई छ । अहिले अमृता एकल आमा छिन् भने सैफले सन् २०१२ मा करीनासँग विवाह गरे ।

फिल्म र टेलिभिजनकी अभिनेत्री जेनिफर विंगेटको जीवनमा पनि प्रेम, विवाह अनि डिभोर्स भयो । उनले अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरिन् । करणको जेनिफरसँग दोस्रो विवाह थियो, जबकी जेनिफरको चाहिँ पहिलो ।

जेनिफरले करणसँग सन् २०१२ मा विवाह गरिन् र त्यसको दुई वर्षमै उनीहरु अलग्गिए । जेनिफर अहिले एकल जीवन बिताइरहेकी छन् । करणले भने अभिनेत्री विपाशा बसुसँग सन् २०१६ मा विवाह गरे ।

अभिनेत्री पूजा बेदीले सन् १९९४ मा फरहान फर्नीचरवालासँग विवाह गरिन् । विवाह अघि उनले इस्लाम धर्म अपनाएर आफ्नो नाम नूरजहाँ राखिन् । विवाह पछि उनीहरुको अलाया र उमर गरी दुई सन्तान जन्मिए । तर सन् २००३ मा उनीहरु अलग्गिए । अलग्गिएपछि फरहानले अभिनेता फिरोज खानकी छोरी फातिमासँग विवाह गरिन् भने पूजाले एकल जीवन अपनाइन् ।

अभिनेत्री हनी इरानी पनि विवाहमा धोका पाएपछि ६६ वर्षको उमेरमा एकल जीवन बिताइरहेकी छन् । हनी जोया अख्तर र फरहान अख्तरकी आमा हुन् । हनीले गीतकार जावेद अख्तरसँग सन् १९७२ मा विवाह गरेकी हुन् । विवाहको ६ वर्षपछि उनीहरु अलग्गिए ।

हनीसँग अलग्गिएपछि जावेदको जीवनमा शबाना आजमीको प्रवेश भयो । सन् १९८४ मा जावेदले शबानासँग विवाह गरे ।

रीना दत्तासँग आमिर खानको बाल्यकालदेखिकै प्रेम थियो । भलै रीनाले धेरै फिल्ममा काम गरिनन् । उनले ‘कयामत से कयामत तक’मा एक सानो भूमिका निभाएकी थिइन् । फिल्ममा काम गरेको दुई वर्ष पछि रीनाले आमिरसँग विवाह गरिन् ।

रीना फिल्म ‘लगान’मा एक निर्माताको रुपमा काम गरिरहेकी थिइन् । यो फिल्ममा आमिरकी अहिलेकी श्रीमति किरण राव पनि जोडिएकी थिइन् । सँगै काम गरिरहँदा आमिरले किरणलाई मनपराउन थाले । त्यसपछि उनले सन् २००२ मा रीनासँग सम्बन्धविच्छेद गरे ।

सम्बन्धविच्छेद पछि रीना दुई सन्तानको पालनपोषण गरिरहेकी छन् । आमिरले भने सन् २००५ मा किरण रावसँग विवाह गरे ।

अभिनेत्री सारिकाको अभिनेता कमल हासनसँग प्रेम भयो । यो सन् १९८८ को कुरा हो । यो समयमा कमल विवाहित थिए, तर उनको प्रेम सारिकासँग भएको थियो । त्यही वर्ष उनले विवाहको निर्णय लिए । विवाह अघि नै श्रुति हासनको जन्म भइसकेको थियो ।

यहीकारण समाजको दबाबमा आएर कमलले सारिकासँग सन् १९८८ मा विवाह गरे । विवाहको चार वर्षपछि दोस्रो छोरी अक्षराको जन्म भयो । यसपछि कमलको अभिनेत्री गौतमीसँग प्रेम भयो । त्यसपछि सारिकाले कमलबाट अलग्गिने निर्णय लिइन् । अहिले सारिका एकल जीवन बिताइरहेकी छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १२ : ३० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने