फेरि लुट्न नआउनु भन्ने पसलेको भनाइमा लुटेराले दिएको जवाफ बन्यो भाइरल | Khabarhub Khabarhub

फेरि लुट्न नआउनु भन्ने पसलेको भनाइमा लुटेराले दिएको जवाफ बन्यो भाइरल


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तानको एक भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । उक्त भिडियोमा एक पसले र पसल लुट्न आएका लुटेराबीचको कुराकानीको आवाज समेत रहेको छ ।

सीसीटीभी फुटेजमा रेकर्ड भएको भिडियोमा दुई लुटेरा एक पसल लुट्न छिर्छन् । पसल छिर्नासाथ उनीहरु पैसा र सामान लुट्छन् । यतिकैमा एक लुटेराले पसलबाट केही सामान उठाएर आफ्नो साथीलाई कारभित्र राख्न अह्राउँछन् ।

जसै एक लुटेरा कारमा सामान राख्न जान्छन्, अर्का लुटेरा पसलेको छेउको ढुकुटी (गल्ला) मा आउँछन् र जबरजस्ती पैसा निकाल्न थाल्दछन् । यस क्रममा लुटेरा र पसलेबीच कुराकानी हुन्छ । सोहि कुराकानी भाइरल बनेको हो ।

कुराकानीमा, लुटेरा पसलेको छेउमा आएपछि ठुला नोट आफूलाई दिन भन्छन् । पसलेले काम राम्रो नभएकाले ठुला नोट नभएको बताउँछन् । यति सुेनर लुटेरा भन्छन्, हाम्रो साथमा पनि पैसा छैन त्यसैले मजबुरीमा पसल लुट्दैछौ । लुटेराको कुरान सुनेपछि पसले उनलाई फेरी नआउन अनुरोध गर्छन् । पसलेको अनुरोध पछि लुटेराले भन्छन्, इंशाअल्लाह फेरी आउँदैनौं । यहि भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेसंगै चर्चामा छ ।

भिडियो हेर्नुहोस्

 

View this post on Instagram

 

A post shared by @notmanoj

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ११ : ५९ बजे

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्