ऋतिकले सार्वजनिक गरे ‘कृष ४’ लुक्स | Khabarhub Khabarhub

ऋतिकले सार्वजनिक गरे ‘कृष ४’ लुक्स


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडका ‘हेण्डसम हंक’ ऋतिक रोशनको साइन्स फिक्सन फिल्म ‘कृष’ रिलिजको १५ वर्ष पुरा भएको छ । यो मौकामा ऋतिकले आफ्ना फ्यानमाझ नयाँ खुशीको खबर सार्वजनिक गरेका छन् ।

उनले एक भिडियो सामाजिक सञ्जालमा राख्दै फिल्मको चौथो संस्करण ‘कृष ४’ विधिवत घोषणा गरेका छन् । यो फिल्मलाई लिएर धेरै पहिल्यैदेखि चर्चा परिचर्चा भए पनि आधिकारिक रुपमा कसैले जानकारी दिएको थिइन् । तर ऋतिकले नै सामाजिक सञ्जालमा टिजर शैलीको भिडियो राखेर फिल्म निर्माण हुने जनाउ दिएका हुन् ।

भिडियोमा कृष र उसको नयाँ मास्कको झलक देखाइएको छ । भिडियोको अन्तिममा ‘कृषको १५ वर्ष’ लेखिएको छ । ‘अतितमा जे हुनु थियो, त्यो भइसकेको छ । हेर्दै जाउँ, भविष्य के लिएर आउछ’, उनले लेखेका छन् ।

फिल्म ‘कृष’ सन् २००६ को जून २३ मा रिलिज भएको थियो । यो ऋतिकको पहिलो साइन्स फिक्सन फिल्म ‘कोही मिल गया’को सिक्वेल थियो । फिल्मको निर्देशन राकेश रोशनले गरेका थिए । फिल्ममा ऋतिकका साथ प्रियंका चोपडा, रेखा, नसीरुद्दीन शाह प्रमुख भूमिकामा थिए ।

समाचार अनुसार यो चौथो फिल्ममा ऋतिकको चरित्र अर्थात कृष आफ्नो बुवा रोहित मेहरालाई फर्काउन यात्रामा निस्कने बताइएको छ । कृषको एलियन साथी जादूलाई फर्काउने सम्भावना पनि उत्तिकै छ ।

‘कृष ४’मा कैयौं सुपरभिलेन देखिनेछन् । जसले कृषसँग द्वन्द्व गर्नेछन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ११ : ४५ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार