श्रीमतीको हत्या अभियोगमा एक युवा पक्राउ | Khabarhub Khabarhub

श्रीमतीको हत्या अभियोगमा एक युवा पक्राउ


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेको अभियोग लागेको छ ।

बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेको आरोप लागेको हो । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कुटपिटबाट महिलाको मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ ।

अभियुक्त सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरी दरखास्त दिएका छन् ।

सार्कीलाई बुधबार पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको पनि अधिकारीले जानकारी दिए । मृतक नेपालीका दुई छोरी र तीन छोरा छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ११ : १५ बजे

के आँखा पनि अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको