‘उपाय’द्वारा निःशुल्क अक्सिजन डेलिभरी सेवा, समस्या परे यी नम्बरमा सम्पर्क गर्न सकिने | Khabarhub Khabarhub

‘उपाय’द्वारा निःशुल्क अक्सिजन डेलिभरी सेवा, समस्या परे यी नम्बरमा सम्पर्क गर्न सकिने


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमितको जीवन रक्षाका लागि उपाय सिटी कार्गोले निशुल्क अक्सिजन सिलिण्डर ढुवानी सेवा थालेको छ ।

कोरोना महामारीका कारण संक्रमितहरुलाई अक्सिजनको अभाव भइरहेका बेला सेवाभावले उपाय सिटी कार्गोले निशुल्क अक्सिजन सिलिण्डर ढुवानी थालेको हो ।

निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार पोसार गर्न सर्वसाधारण तथा केही संस्थाहरुलाई निक्कै समस्या पारीरहेको थाहा पाएपछि उपाय सिटी कार्गोका कर्मचारी र यस संस्थासँग आवद्ध टाटा योद्धा र टाटा एसका सवारीधनीहरु मिलेर हाल काठमाडौं पोखरा तथा बुटवल-भैरहवामा निशुल्क सेवा दिँदै आएका छन् ।

उपाय सिटी कार्गोका चिफ अपरेटिङ अफिसर (सीईओ) अमिगो खड्काले भने, ‘हामीले हाल मे २३ सम्म ५१२ भन्दा बढी अक्सिजन सिलिन्डरहरु डेलिभर गरिसकेका छौं । हाम्रो उपाय सिटी कार्गोको सन्जालमा आवद्ध यस घडीमा पनि अग्रपंक्तिमा डटेर अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्दै गर्नुभएका मध्ये २० जना टाटा गाडीका सवारीधनीहरुले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै ढुवानी सेवा दिइरहनु भएका छन् । हामी प्रार्थना गर्दछौं कि तपाईं वा तपाईंको परिवारमा त्यस्तो कुनै समस्या नआओस, तर परिस्थितिवश अक्सिजन सिलिन्डर ढवानी गर्नुपर्ने अवस्था आएमा हामी छौं भनेर जानकारी दिन चाहन्छौं ।’

आपतको यो बेला सम्पर्क गर्न सजिलो होस् भनेर ९८८१०९८८३० र ९८८१०९८८८० मा फोन गर्न सकिने उनले बताए । यो सेवा २४ घन्टा नै उपलब्ध रहेको सिटी कार्गोले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ३० बजे

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका