एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने नेतामाथि कारवाहीबारे छलफल | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने नेतामाथि कारवाहीबारे छलफल


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल समूहका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

यसैगरी बैठकमा विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा हस्ताक्षर गर्ने नेपाल पक्षका २३ सांसदमाथि पनि कारवाही गर्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणको म्याद आजै बिहान सकिएको छ । तर माधव नेपाल पक्षले स्पष्टिकरण दिएका छैनन् ।

उनीहरुले स्पष्टीकरण नदिएपछि थप कारवाही गर्ने विषयमा छलफल भइरहेको उनले बताए । बैठकमा घोषित आगामी चुनावको तयारी तथा विपक्षी दलहरूले गरिरहेको विरोधका विषयमा पनि छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ०६ बजे

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन