रक्सी नपाएपछि सेनिटाइजर पिउँदा भारतमा सातजनाको मृत्यु | Khabarhub Khabarhub

रक्सी नपाएपछि सेनिटाइजर पिउँदा भारतमा सातजनाको मृत्यु


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको महाराष्ट्रमा सेनिटाइजर पिउँदा शनिबार सातजनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार मदिरा नपाएपछि सेनिटाइजर पिएकाहरूको मृत्यु भएको हो ।

यवतमाल जिल्लाको वानी तहसीलमा कोभिड लकडाउनको कारण मदिरा नपाएको झोकामा उनीहरूले सेनिटाइजर पिएका थिए । ती सबै मृतक मजदूर रहेको बताइएको छ ।

वानी प्रहरी स्टेसनका अंजय पुजलवारले घटनाबारे छानविन भइरहेको बताए । महाराष्ट्रमा अहिले लकडाउन लागू छ ।

महाराष्ट्रमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : १० बजे

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी