पार्टीलाई कमजोर पार्ने काम एमाले भित्रैबाट भयो : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

पार्टीलाई कमजोर पार्ने काम एमाले भित्रैबाट भयो : मुख्यमन्त्री राई


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर – १ का मुख्यमन्त्री शेरधन राईले एमालेभित्रकै केही नेताले पार्टी र कम्युनिस्टलाई कमजोर पार्ने काम गरेको आरोप लगाएका छन् ।

भोजपुर काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले एमालेलाई कमजोर पार्न र नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न पार्टीकै केही नेताहरू लागेको आरोप लगाएका हुन् ।

उनले बहुमतको केन्द्रीय सरकार र प्रदेशका सरकारलाई समेत पार्टीभित्रकै नेताहरुले गिराउने प्रयास गरेको तर्क गरे । राईले पार्टीको विधिविधान बिपरित कसैले पनि काम गर्न नसक्ने भन्दै पार्टी विपरित कार्य गरेकाले स्पष्टीकरण सोध्न बाध्य भएको बताए ।

सर्वोच्चको आदेशपछि माओवादी र एमाले पूर्ववत अवस्थामा फर्किएकाले एमालेलाई मजबुद बनाउदै अघि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।

त्यस्तै मुख्य मन्त्री राईले वर्तमान केपी ओली नेतृत्वको सरकार मुलुकको समृद्धि र विकासको सही ट्र्याकमा हिँडेको जिकिर गरे ।

कार्यक्रममा मुख्यमन्त्री राईले भोजपुर काठमाडौं सम्पर्क मञ्चले प्रकाशन गरेको भित्तेपात्रो बिमोचन गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र