सुदूरपश्चिम र कर्णालीमा वर्षा, के होला अन्यत्र ? | Khabarhub Khabarhub

सुदूरपश्चिम र कर्णालीमा वर्षा, के होला अन्यत्र ?


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकमा स्थानीय र पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा भएको छ ।

प्रिमनसुनको समयसमेत भएकाले आज सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज गण्डकी प्रदेशका पहाडी भेगमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

बैशाख ११ गते (शनिबार)

बिहान:  देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा  मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ । पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख १२ गते (आइतबार)

बिहान:  देशका अधिकांश भू-भागमा आँशिक बदली रहनेछ।

राति :  देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।

बैशाख १३ गते (सोमबार)

बिहान:  देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।

राति :   प्रदेश न.१ र प्रदेश न.२ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ३१ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला