अधबैशे अभिनेतासँग रोमान्स गर्ने यी अभिनेत्रीहरु | Khabarhub Khabarhub

अधबैशे अभिनेतासँग रोमान्स गर्ने यी अभिनेत्रीहरु


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा एक समय यस्तो समय पनि आयो, जुन बेला अभिनेताहरुले आफू भन्दा कैयौं सानो उमेरका अभिनेत्रीसँग फिल्मी रोमान्स गरे ।

यो सूचीमा सलमान खान, विनोद खन्ना, शाहरुख खान, नसरुद्दीन शाहसमेत कैयौं अभिनेता पर्छन् ।

८० र ९० को दशकमा कैयौं अभिनेत्रीहरुले पनि बलिउडमा पाइला चालेर आफ्नो अलग पहिचान बनाए । उनीहरुले बढी मात्रामा अधबैशे उमेरका अभिनेतासँग रोमान्स गर्ने अवसर पाए ।

एबीपी न्यूजमा प्रकाशित समाचारअनुसार अभिनेत्री विद्या वालनले फिल्म ‘द डर्टी पिक्चर’मा आफू भन्दा ३९ वर्ष जेठा नसरुद्दीन शाहसँग अनस्क्रिन रोमान्स गरेकी थिइन् ।

फिल्म ‘दयावान’मा माधुरी दीक्षित र विनोद खन्ना एकसाथ देखिए । यो फिल्ममा माधुरीले आफूभन्दा करिब २० वर्ष ठूला विनोदसँग रोमान्टिक बनेकी थिइन् ।

त्यस्तै ‘निशब्द’मा अमिताभ बच्चन र दिवंगत अभिनेत्री जिया खानले अभिनय गरेका थिए । यो फिल्ममा अभिनय गरिरहँदा अमिताभ जिया भन्दा ४४ वर्ष जेठा थिए ।

अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्ट फिल्म ‘डियर जिन्दगी’मा सँगै देखिए । उमेर अन्तर हेर्ने हो भने शाहरुख आलिया भन्दा २८ वर्ष जेठा छन् ।

आफ्नो अभिनयका कारण बलिउडमा लोकप्रियता कमाएकी अभिनेत्री सोनाक्षी सिन्हाले फिल्म ‘दबंग’बाट बलिउडमा पाइला चालिन् ।

यो फिल्ममा अभिनेता सलमान खानसँगको उनको अनस्क्रिन रोमान्सलाई दर्शकले खुबै मनपराए । उमेरको हिसाब गर्ने हो भने सलमान सोनाक्षी भन्दा २२ वर्ष जेठा छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १२ : ३० बजे

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १५ गते सम्पन्न उपचुनावले

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा