एउटा परेवाको मूल्य साढे १८ करोड ! | Khabarhub Khabarhub

एउटा परेवाको मूल्य साढे १८ करोड !


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परेवालाई शान्तिको प्रतिक मानिन्छ । बजारमा परेवाको मूल्य १ हजार आसपास पर्दछ । तर विश्वमा एक यस्तो परेवा छ जसको मूल्य बजारका आम परेवाको मूल्यमा भन्दा कैयौं गुणा महंगो पर्दछ ।

हेर्दा सामान्य देखिने यो परेवा आम परेवा भने होइन । यो हालैमा साढे १८ करोडमा लिलामी भएको परेवा हो । जसलाई चीनका धनाढ्यले बेल्जियमको पीपा पीजन सेन्टरमा लिलामी मार्फत किनेका थिए ।

बेल्जियन प्रजातिको यो परेको नाम न्यु किम हो । यसको खरिद गर्न दुई चिनियाँले बोली लगाएका थिए । उनीहरुले आफ्नो पहिचान गोप्य राख्दै सुपर डुपर र हिटमैनको नामबाट बोली लगाएका थिए ।

सुरुमा यस परेकोको लिलामीमा हिटमैनले बोली लगाएका थिए र पछि सुपरडुपरले १ दशमलव ६ मिलियन यूएस डलरको बोली लगाएर परेवा खरिद गरे ।

यो परेवा महंगो हुनुमा यसको विशेषता यो तीव्र गतिमा उड्न सक्छ । यो १५ बर्षसम्म जीवित रहन सक्छ । यो परेवा रेसमा भाग लिने गर्दछ । जसमाथी मानिसहरु अनलाइनमा सट्टा लगाउने गर्दछन् । अर्थात यो घोडाको रेस झै हुन्छ । यस जातका परेवा द्वितीय विश्वयुद्धका दौर सूचना पुर्‍याउन प्रयोग हुन्थे ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : १९ बजे

‘गाउँ आएको बाटो’ : टिजर सार्वजनिक कार्यक्रममा जे देखियो…

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक

एकीकृत समाजवादीले भन्यो : हाम्रा कुनै सांसद यताउता भएका छैनन्, पार्टी फुट्दैन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछिको

फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक बीच सम्झौता

ललितपुर– गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर ललितपुर-१ महालक्ष्मिस्थान