एक प्रेरक प्रसङ्ग ‘लगाम हातमा’ | Khabarhub Khabarhub

एक प्रेरक प्रसङ्ग ‘लगाम हातमा’


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नादिरशा क्रुर र रक्तलोलुप मनुष्य थिए । फेरि पनि स्वावलम्बी गुणको कारण समयले उनलाई महान सेनापति बनाइदियो । दिल्ली विजय गर्दा बिजेता बादशाह मुहम्मदले उनलाई हात्तीमा सवार गराएर दिल्ली घुमाउन चाहे । नादिरशाह योभन्दा पहिले कहिल्यै पनि हात्तीमा चढेका थिएनन् ।

हात्तीमा माउते बसेको थियो । माउतेसँग नादिरशाहले सोधे— ‘तिमी यहाँ किन बसेका छौ ? हात्तीको लगाम मलाई दिएर तल झर ।’

माउतले डराउँदै बिन्ती चढायो — सरकार हात्तीको लगाममार्फत् नै यसलाई हामी माउतले हिँडाउन सक्छौँ ।

‘जसको लगाम मेरो हातमा छैन, म त्यसमाथि बस्न सक्दिनँ । म आफ्नो जीवन अरुको हातमा दिएर खतरा मोल्न सक्दिनँ । यति भन्दै नादिरशाह हात्तीबाट ओर्ले ।

साभारः विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु पुस्तकबाट

 

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : ४० बजे

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु