चीनले वृद्धि गर्दै लगेको सैन्य बजेटमा अमेरिकी दृष्टि | Khabarhub Khabarhub

चीनले वृद्धि गर्दै लगेको सैन्य बजेटमा अमेरिकी दृष्टि



विश्वलाई आफ्नो देशमा पनि लोकतन्त्र छ भन्ने देखाउन र त्यसलाई वैधता प्रदान गर्न प्रत्येक वर्षको मार्चमा चीनले कंग्रेसको बैठक बोलाउँछ । यसरी बसेको कंग्रेसको बैठक रबर स्ट्यापभन्दा बढी केही हुँदैन ।

बैठक प्रक्रियाको हिसाबमा बेइजिङले कंग्रेस बैठकमा आगामी वर्ष सैन्य बजेट कति हुने भन्ने जानकारी दिन्छ । चीनको आर्थिक वर्ष जनवरी १ देखि डिसेम्बर ३१ सम्म हुने भए पनि उसले आफ्नो सैन्य बजेट भने आर्थिक वर्ष शुरू भएको केही महीनापछि अर्थात मार्चमा सार्वजनिक गर्छ ।

यो महीना भएको कंग्रेस बैठकमा चीनले सन् २०२१ का लागि सैन्य बजेट १ दशमलव ३५ ट्रिलियन युआन हुने घोषणा गरेको छ । यो गत वर्षको सैन्य बजेटभन्दा ६ दशमलव ८ प्रतिशत बढी हो ।

हेरिटेज फाउन्डेशनले गरेको एक अनुसन्धान रिपोर्टमा जनाइएअनुसार चीनको सैन्य बजेट सम्बन्धी स्पष्ट तथ्यांक प्राप्त गर्न चुनौतीपूर्ण हुन्छ । त्यसलाई डलरमा रुपान्तरण गर्न त्यति नै झन्झटिलो हुन्छ ।

पछिल्ला वर्षहरूमा चीनको सैन्य बजेट लगातार बढ्दै गएको छ । यसअघिका दुई वर्ष चीनले ६ दशमलव ६ प्रतिशत र ७ दशमलव ५ प्रतिशतले सैन्य बजेट वृद्धि गरेको थियो ।

यसले चिनियाँ कम्युनिस्ट पार्टीको असाधारण महत्त्वकांक्षा दर्शाउँछ । चीनले आफ्नो सेनाको आधुनिकीकरण, क्षमता वृद्धि र पिपुल्स लिबरेशन आर्मीको तत्परता विकासका लागि ठूलो लगानी गर्दै आएको छ । समाचारहरूमा जनाइएअनुसार गएको दशकको तुलनामा चीनको सैन्य बजेट दोब्बरले बढेको छ । सन् २०११ मा उसको सैन्य बजेट ६ सय बिलियन युआन थियो भने सन् २०२१ मा १ दशमलव ३५ ट्रिलियन पुगेको छ ।

यो समाचारमा जनाइएको तथ्यांक मात्रै हो भन्ने कुरा हामीले मनन भने गर्नुपर्छ । आफ्नो सैन्य बजेट कति छ भनेर चीनले विश्वमाझ सम्प्रेषण गर्न खोजेको तथ्यांकमात्र हो यो । यसरी सार्वजनिक गरिएको तथ्यांक न पूरा हुन्छ न त पारदर्शी नै ।

हेरिटेज फाउन्डेशनले गरेको एक अनुसन्धान रिपोर्टमा जनाइएअनुसार चीनको सैन्य बजेट सम्बन्धी स्पष्ट तथ्यांक प्राप्त गर्न चुनौतीपूर्ण हुन्छ । त्यसलाई डलरमा रुपान्तरण गर्न त्यति नै झन्झटिलो हुन्छ ।

चिनियाँ सैन्य बजेटसम्बन्धी तुलानात्मक अध्ययन गर्न झझन्ट हुने एउटा कारण भनेको चीनले निश्चित अवधिमा सैन्य बजेट सम्बन्धी शीर्षकलाई हटाउनु हो । अन्य देशमा सैन्य बजेटको मैलिक आधार भनिएका विषयलाई चीनले भने हटाउने गरेको पाइन्छ । विशेषगरी उसका अनुसन्धान र विकास शीर्षकलाई उसले निश्चित अवधिमा हटाउने गर्छ ।

रूपान्तरणको प्रक्रियाभन्दा पनि महत्त्वपूर्ण घोषणा गरिएको सैन्य बजेट हो, जुन स्पष्ट छ । कम्युनिस्टहरूले विश्वलाई दिन खोजेको सन्देश स्पष्ट छ- पिपुल्लस लिबरेशन आर्मीले आफ्नो विस्तारलाई निरन्तरता दिन्छ ।

चीनले आफ्नो सैन्य बजेटमा पिपुल्स आम्ड फोर्सलाई समेट्दैन । आम्र्ड फोर्समा ४ देखि ८ लाख संख्या छ । आम्र्ड फोर्सलई सन् २०१८ मा केन्द्रीय सैन्य आयोग अन्र्तगत ल्याए पनि सैन्य बजेट अन्तर्गत भने ल्याइएको छैन ।

विश्वका अन्य देशको सैन्य बजेटको तुलनामा चीनको सैन्य बजेट बुझ्न इतिहासदेखि नै अप्ठेरो रहेको पाइन्छ । खासगरी चिनियाँ युआनलाई डलरमा रूपान्तरण गर्नुपर्ने हुँदा पनि यस्तो अप्ठेरो भएको हो ।
अनधिकृत रूपमा बजारमा हुने सटही दरलाई आधार मान्ने हो भने चिनियाँ सैन्य बजेट करिब २ सय ८ बिलियन अमेरिकी डलर आसपास हुन्छ ।

बजार विनिमय दरले कुनै पनि वस्तुको भाउ देशबाहिर कस्तो छ भनेर पत्ता लगाउन सहयोग पुर्‍याउँछ । तर, यस्तो विनिमय दर आन्तरिक रूपमा कुनै बाह्य दवाव विना आफ्नै स्थानीय मुद्रा खर्च गरेर खरिद गरेको समानको मूल्य निधारण गर्ने विषयमा कमजोर हुन्छ ।

क्रय शक्ति क्षमता सूचकाङ्क यस्तो सूचकाङ्क हो जसले तपाईंको देशमा डलरको भाउ कुन स्तरसम्म जान्छ भनेर मूल्याङ्कन गर्न सक्छ, त्यसले प्रस्ट तस्बिर देखाउन सक्छ ।

बजार विनिमय दरको रूपान्तरण प्रक्रियाबाट अन्तर्राष्ट्रिय हिसाबमा पनि मान्यता प्राप्त क्रयशक्ति क्षमता सूचकाङ्कलाई आधार मान्ने हो भने चीनले दाबी गरेको सैन्य बजेट ५० प्रतिशतले वृद्धि हुन जान्छ । यसरी हिसाब गर्दा चीनको सैन्य बजेट समाचारमा आएको २ सय ८ बिलियन अमेरिकी डलरबाट बढेर ३ सय २१ बिलियन अमेरिकी डलर पुग्छ ।

चिनियाँहरूले हामीसँग प्रतिस्पर्धा गर्दै छन् । उनीहरू हाम्रो सैन्य क्षमतालाई भेट्न चाहन्छन् । हालै सार्वजनिक भएको बजेटले त्यही प्रक्रिया र योजनामा उनीहरू उन्मुख भएको देखाउँछ ।

रूपान्तरणको प्रक्रियाभन्दा पनि महत्त्वपूर्ण घोषणा गरिएको सैन्य बजेट हो, जुन स्पष्ट छ । कम्युनिस्टहरूले विश्वलाई दिन खोजेको सन्देश स्पष्ट छ- पिपुल्लस लिबरेशन आर्मीले आफ्नो विस्तारलाई निरन्तरता दिन्छ ।

यसैबीच के अनुमान गरिएको छ भने संयुक्त राज्य अमेरिकाको आगामी वर्ष (सन् २०२२) को बजेट २०२१ को भन्दा पनि कम हुनेछ । मुद्रास्फीतिका कारण अमेरिकाले करिब १५ बिलियन डलरको नोक्सान व्यर्होनु परेको बताउँदै रक्षा बजेट कटौती तगर्न लागिएको बताइएको छ ।

चीनले सैन्य बजेट वृद्धि गरेको विषयलाई सचेतता पूर्वक हेरिरहेको अमेरिकाले आफ्नै सुरक्षा बजेट कसरी घटाउँछ भन्ने कुरा उत्सुकताका साथ हेरिरहेको नेताहरू बताउँछन् ।

चिनियाँहरूले हामीसँग प्रतिस्पर्धा गर्दै छन् । उनीहरू हाम्रो सैन्य क्षमतालाई भेट्न चाहन्छन् । हालै सार्वजनिक भएको बजेटले त्यही प्रक्रिया र योजनामा उनीहरू उन्मुख भएको देखाउँछ ।

हामीले उनीहरूलाई सजिलो बनाउने काम गर्नु हुँदैन । त्यसैले हाम्रो राष्ट्रिय सुरक्षा बजेट निरन्तर र उचित हिसाबमा बढाउँदै लैजानुपर्छ ।

(फ्रेडेरिको बाल्टर हेरिटेज फाउन्डेशनका नीति र रक्षा बजेट विश्लेषक हुन् । २२ मार्च २०२१ मा द न्याशनल इन्ट्रेस्टमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : ४५ बजे

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो