एनआरएनए साउदीद्वारा श्रमिकको उद्धारमा १ लाख ६५ हजार साउदी रियाल भन्दाबढी खर्च | Khabarhub Khabarhub

एनआरएनए साउदीद्वारा श्रमिकको उद्धारमा १ लाख ६५ हजार साउदी रियाल भन्दाबढी खर्च


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीले आइएलओले दिएको रकममा अनियमितता गरेको आरोपको खण्डन गर्दै आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

विभिन्न सञ्चार माध्यममा एनआरएनए साउदीमा पनि आर्थिक हिनामिना भन्दै आएको समाचारहरु झुटा रहेको भन्दै भर्चुअल माध्यममार्फत पत्रकार सम्मेलन गरी आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

संघले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा कोरोना प्रभावित नेपाली श्रमिकहरुको उद्धारको लागि १ लाख ६५ हजार चार सय ४७ साउदी रियाल खर्च भएको जनाएको छ।

कोरोना महामारी लगायत विभिन्न कारणले अलपत्र परेका तथा रोजगार गुमाएर समस्यामा परेका १ सय ७ जनाका लागि कोरोना परीक्षण, ८२ जनालाई हवाई टिकटको व्यवस्था र ५ सय ३७ जनालाई खाद्यान्न उपलब्ध गराएको जनाएको छ भने
साउदीको विभिन्न शहरहरुमा आउटेज क्यामपिङ गरि पासपोर्ट सहजीकरणमा खर्च गरिएको संघले जनाएको छ ।

संघले नेपाली श्रमिको उद्धारको लागि आइएलओबाट प्राप्त गरेको रकम १ लाख ९९ हजार ६४३ साउदी रियाल अहिलेसम्म खर्च गरेको रकम १ लाख ६५ हजार ४ सय ४७ रियाल र अब संघको कोषमा ३४ हजार १९५ रियाल बाँकी रहेको समेत सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै संघले सत्य,तथ्य नबुझी दुस्प्रचार तथा भ्रामक समाचार सम्प्रेष्ण गरि अफवाह फैलाउनेप्रति खेद प्रकट गर्दै तत्काल छानबिन गरी कारवाही गर्न माग समेत गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ८ : ४५ बजे

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको