राष्ट्रपतिको उपस्थितिमा पशुपतिमा राखियो सुनको जलहरी | Khabarhub Khabarhub

राष्ट्रपतिको उपस्थितिमा पशुपतिमा राखियो सुनको जलहरी


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो ।

गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए ।

जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरेकी छन् । जलहरी राख्ने काम सकिएको र अब ३ दिनसम्म क्षमा पूजा गर्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

१ सय ८ किलोको सुनको जलहरी राख्नका लागि ८० करोड रुपैँया खर्च भएको कोषले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : ४४ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको