सर्वोच्चको स‌ंसद पुन:स्थापनाको निर्णयले ‘कमेडी च्याम्पियन’लाई धक्का ! | Khabarhub Khabarhub

सर्वोच्चको स‌ंसद पुन:स्थापनाको निर्णयले ‘कमेडी च्याम्पियन’लाई धक्का !


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले मंगलबार आफ्नो निर्णय नसुनाएको हुँदाे हाे त सायदै टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनका प्रतिष्पर्धीहरु स्क्रिप्टलाई फाइनल गर्नमै व्यस्त हुन्थे । तर मंगलबारबाट परिवर्तन भएको राजनीतिक माहौलको केही असर यो रियालिटी शोलाई पनि पर्यो ।

शोका निर्देशक विशाल भण्डारी बुधबार दोस्रो सिजनको घोषणा कार्यक्रममा अदालतको निर्णयले आफ्नो शोलाई पारेको आकस्मिक असर बारे पत्रकारलाई सुनाउदैथिए ।

‘हाम्रा कमेडियनले लेख्ने ८० प्रतिशत कन्टेन्ट राजनीतिमा नै हो । हिजो राजनीतिक सिनारियो यसरी उल्टियो कि मेरा सबै कमेडियनहरु आफ्नो कन्टेन्टलाई रिराइट गर्नका लागि होस्टल पुग्नुभएको छ ।’, विशालले भने ।

उनले शोको सुटिङ नजिक आइसकेकाले कमेडियनहरु होस्टलमा तयारी गरिरहेको खुलाए । उनले गतवर्ष गुणस्तरीयता, प्रस्तुतीकरण, कन्टेन्ट डिजाइनका कुरा लिएर आफूहरुले देखेको सपना पुरा नभएपनि यसवर्ष त्यसलाई पुरा गर्ने दाबी गरे ।

अघिल्लो वर्ष हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका थिए । यो वर्षका लागि आगामी फागुन २१ गतेबाट ‘फिजिकल अडिसन’ हुँदैछ । शोको चैत ६ गते ग्राण्ड प्रिमियर हुँदैछ । शो कान्तिपुर टेलिभिजन एचडी र रेडियो कान्तिपुरमा प्रसारण हुनेछ ।

कान्तिपुर टेलिभिजन एचडी र रेडियो कान्तिपुरका स्टेसन मेनेजर दिनेश डिसीले पाँच वर्षसम्मका लागि निर्माण टिम र प्रसारण टिमसँग सम्झौता भएको बताए ।

शोमा अघिल्लो संस्करणमा झैं निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै हुनेछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : १५ बजे

आजका समाचार :प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि