सत्ता सहकार्य गर्न देउवालाई प्रचण्ड–नेपाल समूहको प्रस्ताव | Khabarhub Khabarhub

सत्ता सहकार्य गर्न देउवालाई प्रचण्ड–नेपाल समूहको प्रस्ताव


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

सभापति देउवालाई भेट्नका लागि आज देउवा निवास पुगेका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले सभापति देउवासँग सँगै मिलेर जान प्रस्ताव गरेका हुन् ।

भेटबारे सभापदि देउवाका स्वकीय सचिव भानु देउवाले भने,‘वर्तमान राजनीतिक परिस्थीतिका बारेमा छलफल भएको छ । उहाँहरुले सबै मिलेर जाऊँ भन्नुभएको छ । सभापतिले पार्टीमा छलफल गर्छु भने ।’

कांग्रेसले प्रचण्ड नेपालको प्रस्तावका बारेमा छलफल गर्न भोलि पदाधिकारी बैठक बोलाइएको छ ।

स्वकीय सचिव देउवाले भोलि पदाधिकारी बैठक बोलाउने तयारी भएपनि समय भने निश्चित भइनसकेको बताए । पदाधिकारी बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ०७ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको