मुलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने स्थायी कमिटीको निष्कर्ष | Khabarhub Khabarhub

मुलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने स्थायी कमिटीको निष्कर्ष


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने निष्कर्ष निकालेको छ ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो समूहका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने बताए । उनले यस विषयमा दलहरुसँग छलफल गर्ने बताए ।

ज्ञवालीले आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने बताए ।

उनले भने, ‘मुलुकलाई कसरी राजनीतिक निकाश दिने भन्नेबारे हामी छलफलमै छौं, जे गर्दा देशका लागि सहज हुन्छ प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ।’

सर्वोच्चको आदेश बमोजिमनै संसद बैठक आह्ववान गर्ने निष्कर्ष आजको बैठकको रहेको समेत नेता ज्ञवालीले बताए। आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलाउने निर्णय गरेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : २१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड