मुक्तिनाथ विकास बैंक बन्यो मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंक बन्यो मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा आकर्षण ब्याजदर स्किम ल्याएको छ।

बैंकले २ वर्षे व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज उपलब्ध गराउने स्किम ल्याएको हो।

व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने यो ब्याज अन्य बैंक तथा वित्तीय संस्थाले दिँदै आएको ब्याजको तुलनामा सबैभन्दा बढी पनि हो।

ग्राहकले यो स्किमअन्तर्गत न्यूनतम ५ हजारदेखि अधिकतम आफूले चाहेको रकम मुद्दति निक्षेपका रुपमा राख्न सक्नेछन्। यो स्किम फागुन मसान्त, ०७७ सम्म लागू हुने बैंकले जनाएको छ।

बैंकले आफूलाई पायक पर्ने शाखामा गई मुद्दती खाता खोल्न अथवा यो लिंकबाट अनलाईनमार्फत खाता खोल्न सकिने जनाएको छ ।

कोरोना कहरबीच चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अधिकांश सूचकमा मुक्तिनाथ विकास बैंक अब्बल देखिएको छ।

कुल १७ वटा विकास बैंकहरुमध्ये मुक्तिनाथले नाफा, वितरणयोग्य मुनाफा, चुक्तापुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, खुद ब्याज आम्दानीजस्ता सूचकहरुमा अब्बल देखिएको हो। समीक्षा अवधिमा यो बैंक खुद नाफा २९ करोड ४१ लाख रुपैयाँ बढी आर्जन गरेको छ। यो नाफा अन्य विकास बैंकको तुलनामा सबैभन्दा बढी हो।

खुद नाफा बढी आर्जन गर्नेमा कामना सेवा विकास बैंक दोस्रो स्थानमा छ। यो बैंकले २० करोड १ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ।

निक्षेप संकलन र कर्जा प्रवाहमा पनि मुक्तिनाथ नै अब्बल देखिएको छ। यो बैंकले समीक्षा अवधिमा ६३ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ। यो अवधिमा मुक्तिनाथले ५१ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

मुक्तिनाथले सबैभन्दा बढी ५९ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

निष्क्रिय कर्जा घटाउनेमा मुक्तिनाथ अग्रस्थानमा छ। यो बैंकको निष्क्रिय कर्जा दर ०.१२ प्रतिशतमा सीमित छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : ५९ बजे

निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ : अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

काठमाडौं- बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध