थप पाँच हजार क्विटल धान खरीद गरिने | Khabarhub Khabarhub

थप पाँच हजार क्विटल धान खरीद गरिने


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ ।

शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म रु ९ करोड २१ लाख १ हजार ६५ मूल्य बराबरको ३१ हजार २९६ क्विटल धान मात्र खरिद गर्न सकेकाले थप ५ हजार क्विटल धान खरिद गरी लक्ष्य भेट्ने सो कार्यालयका शाखा प्रमुख विकास कटुवालले जानकारी दिए ।

कम्पनीले जिरामसिनो धान ५ हजार क्विटल खरिद गर्ने लक्ष्य पाएकोमा हालसम्म रु ३ लाख ३८ हजार ४३० मूल्य बराबरको ११७ क्विटल मात्र धान खरिद गर्न सकेको छ ।

नेपालभन्दा भारतमा जिरामसिनो धान बढी उत्पादन भए पनि आयात हुन नसकेको तथा पर्साका किसानले थोरै मात्रामा जिरामसिनो धानको खेती गर्ने भएकाले खरीद लक्ष्य भेट्न नसकिएको हो ।

जिरामसिनो धानको सट्टा सोना मन्सुली धान खरिद गर्ने भनेर खरिद विभागबाट निर्देशन आएकाले थप ५ हजार क्विटल सोना मन्सुली धान खरिद गर्न लागिएको सो कार्यालयका सूचना अधिकारी मुनीलाल कुशवाहले बताए ।

सङ्घीय सरकारले यस वर्ष किसानबाट प्रति क्विटल ७ दशमलव ३५ प्रतिशत बढी मूल्यमा सोना मन्सुली धान तथा ६ दशमलव ५ प्रतिशत बढी मूल्यमा जिरामसिनो धान खरिद गर्न थालेका छन ।

सोना मन्सुली धान प्रति क्विटल रु २ हजार ८८५ तथा जिरामसिनो धान प्रति क्विटल २ हजार ९ सय मा खरिद गर्न थालेको छ । अघिल्लो वर्ष सो कार्यालयले २५ हजार क्विटल सोना मन्सुलीधान तथा ३२ क्विटल २५ किलो जिरामसिनो धान खरिद गरेको थियो ।

पर्सामा ८५ प्रतिशत किसान धान खेती गर्दै आइरहेका छन् । यस वर्ष पर्साका किसानले ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरी २ लाख २८ हजार ५६० मेट्रिकटन धान उत्पादन गरेका छन् ।

अघिल्लो वर्षभन्दा यसवर्ष पर्साका किसानले रु ७ करोड ४४ लाख १७ हजार ६०० मूल्य बराबरको २ हजार ७५० मेट्रिकटन बढी धान फलाएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए ।

यसैगरी बारा जिल्लामा किसानले ५८ हजार २११ हेक्टर क्षेत्रफलमा धान खेती गरेकोमा २ लाख ५३ हजार ३८९ मेट्रिकटन धान उत्पादन गरेको छ ।

खास गरी पर्सा र बारा जिल्लाका किसानले आफूले उत्पादन गरेको धान वीरगञ्जस्थित कम्पनीलाई बेच्दै आए पनि यस वर्ष तोकिएको लक्ष्य भेट्न नसक्दा सो लक्ष्य पूरा गर्न जिरामसिनो धान खरिद बन्द गरी सोना मन्सुली धान खरिद गर्ने तर्फ कार्यालय केन्द्रित भएको छ ।

सोना मन्सुली धान नेपालमा सिफारिस नभएको र यो धान प्रतिबन्धित रहे पनि नेपाल सरकारले सोना मन्सुली धान खरिदलाई प्राथमिकता दिँदै आएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ५५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार