नारायणी रंगशालाको पुनर्निर्माण शुरू | Khabarhub Khabarhub

नारायणी रंगशालाको पुनर्निर्माण शुरू


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगन्ज स्थित नारायणी रंगशालाको पुनर्निर्माण शुरू गरिएको छ।

नारायणी रंगशालाको दक्षिणपूर्वी प्यारापिट भत्काएर नयाँ निर्माण गर्न थालिएको छ। मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति वीरगन्जका प्रमुख मोहम्मद जियाउल इस्लामका अनुसार दक्षिणपूर्वी प्यारापिट भत्काएर अहिले ९ लेनको करिब ८० मिटर लामो प्यारापिट निर्माण गर्न लागिएको हो।

नयाँ रंगशालाको संरचना निर्माण गर्न कुल २ अर्ब ६४ करोड रूपैयाँ लागतको डीपीआर तयार गरिएकोमा पहिलो चरणमा आर्थिक वर्ष २०७४-०७५ मा ७५ लाख र २०७५-०७६ मा ५० लाख रूपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले निकासा गरेकोमा त्यसबाट अहिले कम्पाउन्ड वाल निर्माणको काम सकिएको छ।

आर्थिक वर्ष २०७६-०७७ मा राखेपले कभर्डहल निर्माणका लागि २ करोड र रंगशालाको प्यारापिट निर्माणका लागि ५ करोड निकासा गरी टेन्डर आह्वान गरी ठेक्कासमेत लागिसकेको थियो।तर कोभिड–१९ महामारीका कारण ठेकेदारले काम गर्न नसकेपछि गत वर्ष उक्त रकम फ्रिज भएको इस्लामले बताए ।

यसपालि परिषद्ले त्यही रकम निकासा गरी रंगशालाको प्यारापिट निर्माणको काम गरिरहेको भन्दै उनले हाल ३ करोड ७२ लाख रूपैयाँमा ठेक्का लागेर निर्माण काम भइरहेको बताए ।

रोशनरसागर निर्माण कम्पनीले ज्वाइन्ट भेञ्चरमा ठेक्का पाएको हो।ठूलो परियोजना रहेकाले हालको रकम रंगशाला निर्माणलाई अत्यन्त कम रहे पनि जर्जर बनेको रंगशालाले नयाँ जीवन पाउन लागेकाले आफूहरू उत्साही रहेको इस्लामले बताए ।

उनका अनुसार २ अर्ब ६४ करोडमा नयाँ रंगशालाको डीपीआरअन्तर्गत क्रिकेट मैदान, ट्र्याक एन्ड फिल्डसहित फुटबल मैदान, कर्भडहल, कम्पाउन्ड वाल निर्माण हुनेछ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : ३० बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी