बेरुजु फर्छ्यौटमा योगदान पुर्‍याउने प्रहरी पुरस्कृत | Khabarhub Khabarhub

बेरुजु फर्छ्यौटमा योगदान पुर्‍याउने प्रहरी पुरस्कृत


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले बेरुजु फर्छ्यौटमा उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा योगदान पुर्‍याउने प्रहरी अधिकृतलाई कार्यालयमा एक समारोहमा रु आठ हजार नगदसहित प्रशंसापत्र प्रदान गरे ।

आव २०७६/७७ मा गृह मन्त्रालय मातहतका कार्यालयमध्ये नेपाल प्रहरी ९५.४६ प्रतिशत बेरुजु फर्छ्यौट गरी यसपालि पनि उत्कृष्ट हुन सफल भएको छ ।

पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत रेहेका छन ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने वार्षिक लक्ष्य रहेकामा नेपाल प्रहरीले लक्ष्यभन्दा बढी ९५.४६ प्रतिशत बेरुजु फछ्र्याैट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आव २०७३/७४, आव २०७४/७५ र आव २०७५/७६ मा पनि नेपाल प्रहरी उत्कृष्ट बन्न सफल भएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले मिहिनेतका साथ काम गर्ने प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै यस कार्यमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको समेत योगदान रहेको स्मरण गरे ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : ३१ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्