बेरुजु फर्स्योटमा नेपाल प्रहरी सर्वोत्कृष्ट | Khabarhub Khabarhub

बेरुजु फर्स्योटमा नेपाल प्रहरी सर्वोत्कृष्ट


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक वर्ष २०७६/०७७मा बेरुजु फर्स्योट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ।

समग्रमा ९५.४६ प्रतिशत फर्स्योट गरी बेरुजु फर्स्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो।

नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णयअनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्स्योट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट बनाउन योगदान गर्ने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका थिए ।

पुरस्कृत हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत छन्।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्स्योटमा लगन र मेहनत साथ काम गर्ने प्रहरी कर्मचारीहरूप्रति आभार व्यक्त गरे।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : ०५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला