विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित | Khabarhub Khabarhub

विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए ।

मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ ।

बजेट पारित भएसँगै राष्ट्रियसभाले बिहीबारै सन्देशसहित प्रतिनिधिसभामा पठाएको छ छ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा संसद सचिवालयका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको सन्देश जानकारी गराउने कार्यसूची छ ।

यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रिपति समक्ष पठाउनेछन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुल्न छ । प्रतिनिधिसभाले बिहीबार बजेटसँग सम्बन्धित अन्य दुईवटा विधेयक पारित गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  २ : ३२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर