‘माग्ने बुढा’को च्यानलमा ‘उकुसमुकुस’ | Khabarhub Khabarhub

‘माग्ने बुढा’को च्यानलमा ‘उकुसमुकुस’


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को च्यानलमार्फत आमा अग्नीकुमारी मिडिया युट्युब च्यानलबाट हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रसारण सुरु भएको छ । सिरियलको पहिलो भाग बुधबार यो च्यानलबाट प्रशारण भएकोे हो ।

सिरियलका निर्माता नहकुल भट्टराईले हरेक साताको बुधबार बेलुकी यो सिरियलको प्रशारण हुने बताए । दिलिप तामाङ ‘हुरहुर’को निर्देशनमा तयार भएको सिरियल गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको हो । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को संवाद रहेको सिरियलमा दिलिपको नै कथा छ ।

सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सेना हुन् । राहुल राईको छायांकन रहेको सिरियलको पहिलो भागमा टिकटकको सकारात्मक र नकारात्मक पाटोलाई देखाइएको छ ।

सिरियलमा जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापाको अभिनय छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ११ : १३ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा