दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा | Khabarhub Khabarhub

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

दुबइमा बुधबार राति भएको खेलमा दिल्लीले ले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोड्दा ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवन ४२ तथा पृथ्वी शले ११ रनमा आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।

हैदरावादका अब्दुल समादले २८ तथा राशिद खानले २२ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए ।

जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । हैदरावादले ८ खेलमा २ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ५ : ५५ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला