पोखरामा जमिन भासियो, दुधेखोलाले घर बगायो | Khabarhub Khabarhub

पोखरामा जमिन भासियो, दुधेखोलाले घर बगायो


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकीको प्रदेश राजधानी पोखराको मुख्यबजार महेन्द्रपुलको जमिन भासिएको छ । आइतबारदेखि परेको अविरल बर्षाका कारण जमिन भासिएको हो ।

स्थानीय डिपार्टमेण्टल स्टोर्स अगाडि गरिमा विकास बैँकको छेवैमा रहेको सडकको फुटपाथसहितको जमिन भासिएको छ । भासिएको ठाउँमा आइतबार नै पोखरा महानगरपालिकाले माटो भरेको थियो । तर लगातार परेको पानीले पुरेको माटो पुन भासिएको छ ।

उता, म्याग्दीको बेनी नगरपालिका–३ दूधे खोलामा सोमबार बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण दुई दर्जन बढी घर जोखिममा परेका छन् ।

स्थानीय नारायण पुनको एउटा दुहुनो भैंसी खोलामा मृत अवस्थामा भेटिएको छ ।

भकिम्लीको लहरेनी र चिनाखेतको सीमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकोले खोलामा आएको बाढी वस्तीतर्फ सोझिएपछि क्षति भएको हो ।

बाढीले बस्तीतर्फको झण्डै मिटर क्षेत्र कटान गरेको छ । बाढीका कारण बेनी–बरङजा सडक पनि अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र