काठमाडौँ महानगरमा आकाशे पानी सङ्कलन र पुनर्भरण अभियान | Khabarhub Khabarhub

काठमाडौँ महानगरमा आकाशे पानी सङ्कलन र पुनर्भरण अभियान


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पानीको सङ्कट टार्न आकाशे पानी सङ्कलन र पानी पुनर्भरण अभियान सञ्चालनमा ल्याएको छ ।

उपत्यकामा पानीको समस्यालाई सम्बोधन गर्न अभियानले सहयोग पुग्ने बताइएको छ । काठमाडौँमा खानेपानीको माग दैनिक करिब ४५ करोड लिटर छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँदा पनि दैनिक २८ करोड लिटर पानी कमी हुन जान्छ । यसको आपूर्तिका लागि वैकल्पिक स्रोतको खोजीका क्रममा कामपाले यस किसिमको अभियान थालनी गरेको जनाएको छ ।

वर्षाका समयमा पर्ने पानीको उपयोग गरी अभियान सहयोग पुग्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनले पानीको वर्तमान तथा भाबी सङ्कटलाई दृष्टिगत गरेर महानगरले दुई वर्षअघिदेखिनै पुनर्भरण अभियान शुरु गरेको बताए ।

अभियानअन्तर्गत गोङ्गबु र रानीबारी पुनर्भरण आयोजना सम्पन्न भइसकेको छ भने स्वयम्भू भुइँखेलको पोखरी पुनः स्थापना गरिएको छ । पानी पुनर्भरण अवधारणा अवलम्बन गरी कमलपोखरी, बाँसबारी इको पार्क, बागमती नगरपार्क, धान्यो चित्तपार्क, कुलेश्वर बुद्ध विहार, लगन पार्क, शान्ति नमुना उद्यान र टुँडालदेवी उद्यानको विकास र संरक्षणको कार्य थालेको छ ।

कामपाले नन्दी रात्री विद्यालय र वडा नं ५ मा आकाशे पानी सङ्कलन प्रणाली उपयोगमा ल्याइसकेको छ ।

पुराना ढुङ्गेधाराको स्थान अवलोकन, मर्मत सम्भारको कार्य पनि थालेको छ । खानेपानीको स्रोत संरक्षणका लागि पुनर्भरण इनारको स्थापना, पानी बगैँचा (वाटर गार्डेन) र जमिनको भित्री तहमा पानी पठाउन पाइप प्रणालीको पनि उपयोग गर्दै आइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : १५ बजे

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि